बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

  • बिहिबार, फाल्गुन ४, २०७९
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

एक हप्ता अगाडि टर्की र सिरियाको सीमा क्षेत्रमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएका केहीलाई एक हप्तापछि पनि जीवितै फेला पारिएको छ । उद्धारकर्ताले मंगलबारमात्रै नौ जनालाई जीवितै उद्धार गरेका थिए ।

बालबालिकाको क्षेत्रमा क्रियाशील संयुक्त राष्ट्रसंघको संस्था युनिसेफले टर्कीमा साढे चार लाख र सिरियामा साढे २ बालबालिकाहरु भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ ।

गत सोमबार टर्की र सिरियाको सिमानामा पर्ने टर्कीको गाजियानटेप भन्ने स्थानमा केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । लगत्तै ७.५ रेक्टरको परकम्प गएको थियो । भूकम्पमा परेकाहरुको खोज तथा उद्धारकार्य जारी छ ।

टर्की हुँदै राहत सामग्री बोकेका ११ लरी सीरियामा मंगलबारमात्र प्रवेश गरेका संयुक्त राष्ट्र संघका अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले भूकम्प पीडितहरुलाई लुगा र खाना तत्काल आवश्यक रहेको बताएका छन् । विभिन्न देशहरुले उद्धारकर्ता र राहत सामग्रीहरु टर्की र सिरियामा पठाएका छन् । नेपाल सरकारले पनि यही फागुन १ गते २२ टन राहत सामग्री टर्की पठाएको छ ।

चर्चामा

सम्बन्धित समाचार