• होमपेज
  • बडिमालिका
  • जैशीडाँडा आधारभुत बिद्याललयको शिक्षण सिकाई अनुगमन

जैशीडाँडा आधारभुत बिद्याललयको शिक्षण सिकाई अनुगमन

  • बुधबार, फाल्गुन ३, २०७९
जैशीडाँडा आधारभुत बिद्याललयको शिक्षण सिकाई अनुगमन

बाजुरा — बडिमालिका नगरपालिका १ सल्लेनामा रहेको जैशीडाँडा आधारभुत बिद्याललयमा अनुगमन गरिएको छ । बिद्यालयमा शिक्षण सिकाई उपलब्धी अवलोकनका साथै शैक्षिक साम्रगीको प्रयोग र ब्यबस्थापनका बिषयमा अनुगमन गरिएको हो ।
सेतो गुरासको समन्वय तथा बिश्व शिक्षा कार्यक्रमले बिद्यालयमा गरेका कार्य उपलब्धी मुलक रहेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए । सेतो गुरास बाल बिकास सेवा केन्द्र बाजुराले बिगत देखी ईसीडी देखी कक्षा ३ सम्मको पठनपाठनमा टेवा पुगाएको र यो कार्यक्रमको निरन्तरता हुनेपर्ने बताए ।
त्यसै गरी बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिका भित्रका भबिस्यका कणर्दारहरुको क्षमता अभिबृद्धि गर्न सेतो गुराँस बालबिकास सेवा केन्द्र बाजुरा र बिश्व शिक्षाले महत्वपुणर् भुमिका खेलेको प्रति धन्यबाद ब्यक्त गरेका छन । बिद्यालय स्तरमा एकै नगरपालिकाबाट मात्रै सबै कुरोका सम्भव नहुने अबस्थामा सेतो गुरास बालबिकाश सेवा केन्द्र बाजुराले शैक्षिक साम्रगी शिक्षक शिक्षीकाको क्षेमता अभिबृद्धी लगायतका कार्यहरुमा काम गरेकोले यस्ता कृयाकलापलाइ निरन्तरता दिन नगर प्रमुख खड्काले अनुरोध गरेका छन । नगरपालिकाले आगामी शैक्षिक बर्षबाट थप कार्यहरु गर्ने योजना बनाएको र त्यो योजनाले समेत बिद्यार्थीको शैक्षिक अवस्थामा परिर्वतन हुने नगर प्रमुख खड्काले बताए ।

No description available.
बिश्व शिक्षा सहयोग सेतो गुरास बालबिकास सेवा बाजुराको साझेदारीमा संचालीत कार्यक्रमहरुको उपलब्धीका बिषयमा सो अनुगमन गरिएको बिश्व शिक्षाका कार्यक्रम अधिकृत प्रकाश बिनाडीले बताए । अनुगमनमा शिक्षकहरुले कक्षा १ देखी ३ सम्मको नेपाली र गणीत बिषयका कक्षा शिक्षण अनुगमन गरिएको कार्यक्रम अधिकृत बिनाडीले बताए ।
अनुगमनमा समाबेशी शिक्षा र बसाई ब्यबस्थापन, निरन्तर बिध्यार्थी मुल्याङ्कन बैक्तीगत शैक्षिक योजना निर्माण र त्यसको कार्यन्वयन, दैनिक पाठयोजनाका साथै मातृभाषको प्रयोगका बारेमा अनुगमन गरिएको अनुगमनमा सहभागीहरुले बताएका छन । बिद्यालय तथा कक्षाकोठामा देखीएका राम्रा र सुधारत्मक पक्षका बिषयमा छलफल समेत गरिएको सेतो गुराँस बाल बिकास सेवा बाजुराका कार्यकारी निर्देशक देवु खातीले बताएकी छन ।
अनुगमनमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, बडिमालिका १ का वडा अध्यक्ष कृष्ण कार्की, जिल्ला शिक्षा समन्वय इकाई कार्यालयका ईकाई प्रमुख हर्क बहादुर सिंह, नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर कटुवाल, स्वास्थ्य शाखा ललिता दानी थापा, विश्व शिक्षा प्रतिनिधि प्रकाश बिनाडी, सेतो गुरास बालबिकाश सेवा बाजुराका कार्यकारी निर्देशक देवु खाती, पत्रकार लक्ष्मीराज पाध्याय लगायत पत्रकारको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार