आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • ओखर खेतीमा आत्मनिर्भर बनाउने बडिमालिका ७ को अभियान

ओखर खेतीमा आत्मनिर्भर बनाउने बडिमालिका ७ को अभियान

  • मङ्लबार, फाल्गुन २, २०७९
ओखर खेतीमा आत्मनिर्भर बनाउने बडिमालिका ७ को अभियान

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ ले ओखर खेतीबाट आत्मनिर्भर बनाउने अभियान संचालन गरेको छ । बिगतका बर्ष जस्तै यो बर्ष पनि गाउँमा रहेका कृषक समुहलाई २  हजार ४ सय बोट ओखरका बिरुवा बितरण गरेको छ ।

वडा न ७ मा ओखर खेतीका लागि उपयूक्त भएकोले सो खेतीलाई प्रोत्साहन स्वरुप वडा कार्यालयको समन्वय बडिमालिका नगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्रको सहयोगमा गाउँमा ओखरका बिरुवा बितरण गरेकाे वडाअध्क्ष धर्मराज पाध्यायले बताएका छन ।  बिगत देखी ओखर खेतीमा कृषकहरुलाई लाग्न प्रोत्साहन गर्दै आएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष पाध्यायले बताए  ।
वडा फलफूलमा आत्मनिर्भर होस भन्य मुख्य उदेश्यले विगत झै वितरण हुदै आएका ओखर वृक्षारोपण गर्ने कार्यको निरन्तरता ओखर पकेट क्षेत्र विस्तार कार्यक्रमको प्रस्ताव अनुसार डाँफेचरि कृषक समुह द्वारा १ हजार ४ सय र १ हजार १ सय अन्य कृषकलाई ओखरको विरुवा वितरण गरेको वडा अध्यक्ष पाध्यायले बताए ।
यस अघिका वर्षमा वितरण भएको बिरुवा धेरै कृषकले राम्रोसंग हुर्काएका कारण ओखर खेतीको सम्भावना राम्रो रहेको वडा अध्यक्ष पाध्यायले बताए । कृषकहरुले तत्काल लाभ लिन नसके पनी दिर्घकालिन लाभका लागि ओखर खेती राम्रो हुने बिस्वास लिएको वडा अध्यक्ष पाध्यायले बताए । वडा अध्यक्ष पाध्यायले यस पटक पनि कृषककाे घरमै पुगेर ओखरका बिरुवा बितरण गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार