शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा मध्यावधि चुनाव हुनु हुँदैन: माधव नेपाल

सुदूरपश्चिममा मध्यावधि चुनाव हुनु हुँदैन: माधव नेपाल

  • आइतवार, माघ २९, २०७९
सुदूरपश्चिममा मध्यावधि चुनाव हुनु हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमको नवगठित सरकारलाई नै टिकाइराख्न सबै दलहरूलाई आग्रह गरेका छन्।

आइतबार प्रेस संगठन कैलाली शाखाले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सुदूरपश्चिमको प्रदेश सभाले सरकार बनाउन नसकेर मध्यवधि चुनाव जाने वातावरण बनाउन नहुने बताए।

‘मध्यावधि चुनावमा जानु हुँदैन, हाम्रो मुलुकको अर्थतन्त्रले पनि थेग्न सक्दैन, यो सरकार कायम रहोस्, यसमा सबैले सहकार्य गर्न आवश्यक छ,’ उनले भने।

अध्यक्ष नेपालले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रेशम चौधरीलाई रिहा गर्नु आवश्यक भएकाले र यो मुद्दालाई त्यसै थन्क्याइराख्नु उचित नभएको बताए।

चौधरीको रिहाइका लागि उनले सरकारसँग पनि आग्रह गरे।

नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा २ बनेको सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो।

अहिले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन्। उनको सरकारमा एकीकृत समाजवादीका पनि एक जना मन्त्री बनेका छन्।

शाह नेतृत्वको सरकारले पनि एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।

चर्चामा

सम्बन्धित समाचार