शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री काठमाण्डौँमा, काँग्रेस सभापतिसँग भेटवार्ता

सुदूरपश्चिमका मुख्यमन्त्री काठमाण्डौँमा, काँग्रेस सभापतिसँग भेटवार्ता

  • आइतवार, माघ २९, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री काठमाण्डौँमा, काँग्रेस सभापतिसँग भेटवार्ता

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाण्डौँ गएका छन्। उनी आइतवार बिहान नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास पुगेका हुन्। मुख्यमन्त्री शाह र पार्टी सभापति देउवा बीच आइतवार बिहान भेटवार्ता भएको छ। सभापति देउवा निवास धुम्बाराहीमा उनीहरु बीचमा राजनीतिक छलफल भएको हो।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक काठमाडौं गएका शाहले देउवासँग भेट गरेका हुन्। मुख्यमन्त्री शाहले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवासँगसमेत भेटवार्ता गरेका छन्। नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी शनिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका थिए। शनिवार नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगसमेत मुख्यमन्त्री शाहले भेटवार्ता गरे। उनी आइतवार बिहान काठमाडौँ पुगेका हुन्।

मुख्यमन्त्री शाहले सभापति देउवासँग राजनीतिक घटनाक्रम र प्रदेशको विकास निर्माणका विषयमा छलफल गरेको काँग्रेस स्रोतले बताएको छ। मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा नागरिक उन्मुक्ति, एमाले, माओवादीसहितका दलहरुको संयुक्त सरकार गठन गर्ने दाबी गर्दै आएका छन्।

सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ। उनलाई एकीकृत समाजवादी बाहेक माओवादी, नागरिक उन्मुक्ति वा एमालेको साथ आवस्यक छ। अहिले मुख्यमन्त्री शाहलाई काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ। सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन्। विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ।

सुदूरपश्चिममा काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

चर्चामा

सम्बन्धित समाचार