शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा मोटरसाइकलसहित झण्डै ७५ हजार मुल्य बराबरका सामान जफत

कञ्चनपुरमा मोटरसाइकलसहित झण्डै ७५ हजार मुल्य बराबरका सामान जफत

  • शनिबार, माघ २८, २०७९
कञ्चनपुरमा मोटरसाइकलसहित झण्डै ७५ हजार मुल्य बराबरका सामान जफत

धनगढी – कञ्चनपुर प्रहरीले मोटरसाइकलसहित झण्डै ७५ हजार मुल्य बराबरका भन्सार छलीका अवैध सामान जफत गरेको छ।

विशेष सुचनाको आधारमा जिल्लाको दोधारा–चाँदनी नगरपालिका–३ नमुनाघारीबाट भन्सार छलीका सामान प्रहरीले जफत गरेको हो।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले तरकारी, फलफुल र दुई थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

७४ हजार ७५० मुल्य बरारका सामान जफत गरेर कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौधी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

चर्चामा

सम्बन्धित समाचार