डोटी – राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनु पर्ने उल्लेख छ।
‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता छ।’ संघीयता धान्न नेपालमा स्रोत साधन नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ज्ञापन पत्र बुझ्दै तत्कालै सम्बन्धित निकायमा पठाइने बताइन्।