शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका नरेश शाही आर्थिक मामिलामन्त्री नियुक्त

बाजुराका नरेश शाही आर्थिक मामिलामन्त्री नियुक्त

  • शुक्रबार, माघ २७, २०७९
बाजुराका नरेश शाही आर्थिक मामिलामन्त्री नियुक्त

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री नियुक्त गरेका छन् । उनले नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री मन्त्री नियुक्त गरेका छन् ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार