काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। देउवा निवास धुम्बारीहमा दुई नेताबीच भेटवार्ता भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। “सुदूरश्चिम सरकारबारे छलफल भएको हो,” उनले भने।
सुदूरपश्चिम प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त भइसकेका छन्।