शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

  • बिहिबार, माघ २६, २०७९
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

चर्चामा

सम्बन्धित समाचार