बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • किन होला यस्तो सारै दिक्दार

किन होला यस्तो सारै दिक्दार

  • बुधबार, माघ २५, २०७९
किन होला यस्तो सारै दिक्दार

क-कस्ले के-केभन्छ त्यो उस्कै बिचार हुन्छ,
भनाइमा नगए सकली अनुहार व्यहार हुन्छ।

सबैले भ्रष्टचारको बिरोध गर्छन बुझ्दैन केहो,
जिउँदामा अत्याचार गर्छन मरे सत्कार हुन्छ।

हिंजो जस्लाई ऊ आंखाभित्रकै नानी बनायो
आज उसै सँग दिन रात किन मारामार हुन्छ।

निस्वार्थ आँमाको काख बाहेक देख्दैन कतै
किन आँमालाई मात्र शन्तान को प्यार हुन्छ।

न त जिउँदो छंदा उस्लाई कठै भन्छन कसैले
न त दुःख बिमारीमा उस्को राम्रो सुसार हुन्छ।

आँमा यो सेतेलाई मात्रै समाजको व्यबहारले,
सधै भरी किन होला यस्तो सारै दिक्दार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार