बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ६ जना साइनोकारका ६ वटा साइनो

६ जना साइनोकारका ६ वटा साइनो

  • मङ्लबार, माघ २४, २०७९
६ जना साइनोकारका ६ वटा साइनो

१. सङ्कटमा छ देश
चाउरियाे रूप, भेष
के दिन खाेज्दै छ सन्देश ?
✍️ डा.सीता सुवेदी
अध्यक्ष, साइनो वाङ्गमय प्रतिष्ठान नेपाल
२. बाँकी गोबरे गिदी
ओठमा तितो मुस्कान
मर्नेछन् कुहिएरै भ्रष्ट ।
✍️सुरेन्द्र शाही ‘गुलाब कान्छो’
उपाध्यक्ष, साइनो वाङ्गमय प्रतिष्ठान नेपाल
३. भ्रष्टको चलखेल
उर्लिएर आयो भेल
कसरी बचाउँ यो देश ?
✍️त्रिलोक रामदाम
४. भ्रष्टको जालझेल
नाङ्गिँदै आफैँ अचेल
ढल्दै त्यो जीर्ण अर्थतन्त्र ।
✍️ बासिदेव ज्ञावाली
५. किर्ते जाली भाषण
दुले चोरको राशन
सुरु भो दानवी शासन ।
✍️ऋजु दिल्पाली, सुनसरी
६. भ्रष्टकाे रजगज
भागबण्डा सजधज
भयाे जनतामा सकस ।
✍️ प्रद्युम्न चालिसे
नेपाली साहित्यको उर्वर फाँटमा जन्मिएको साइनो मुलत तीन हरफमा लेखिन्छ । यसको संरचना ७+८+९ शब्दले बनेको हुन्छ । साइनोमा जम्मा २४ अक्षर रहेका हुन्छन् । तीनै हरफले फरक- फरक अर्थ दिन्छन् र समग्रमा थोरै अक्षरले वृहत् अर्थ दिन्छ । साइनोले आफ्नो कलिलो उमेरमा नै विश्वमा उडान भरीसकेको छ र यात्रारथ छ ।

साइनो संसार पेजमा एउटा फोटो राखेर त्यसैको कमेन्टमा साइनो लेख्न साइनो सर्जकहरूलाई अनुरोध गरेको थियो । जसमा फोटो अनुसार निम्न साइनोकारहरूले साइनो पोष्ट गर्नुभएको थियो । यो कविताको उपविधा साइनोको उनन्वयन र विकासका लागि एक अभियानको रुपमा “फोटोमा साइनो” नामक कार्यक्रम चाउने र साहित्य क्षेत्रमा अझै अघि बढाउने संकल्पले यो पहिलो प्रयास शुरु गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार