शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जो भ्रष्टचारी छन उनैलाई माला अविर हुन्छ

जो भ्रष्टचारी छन उनैलाई माला अविर हुन्छ

  • मङ्लबार, माघ २४, २०७९
जो भ्रष्टचारी छन उनैलाई माला अविर हुन्छ

जो भ्रष्टचारी छन उनैलाई माला अविर हुन्छ,
यिमानदार कर्मि उनैको अगाडी फकिर हुन्छ।

हामी त्यही समाज भित्र पलेका हुर्किएका हौँ,
जहाँ जिउँदा अपहेलित र मर्दुलाई खिर हुन्छ।

भन्छन छैन गरिबलाई राहत देश कङ्गालभयो,
मन्त्रीहरूलाई त देशमा सबथोक हाजिर हुन्छ।

गरिबले बालबच्चा निमेक गरेर डिग्रि दिलायो,
मुटुको टुक्रालाई बिदेश पठाउँदा धेरै पिर हुन्छ।

नेताले सधै की चन्दामा ऐयासी गरे कि रिणमा,
नागरिकलाई के था त्यो धन त हाम्रो सिर हुन्छ।

आँमाले भन्नुहुन्थ्यो अन्याय गरे पाप लाग्छ बाबु,
आँमा किन जनताकै लुटेरा पापी नै अमिर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार