बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश २
  • मधेश सरकारमा माओवादी सहभागी हुँदै, सुनिता उद्योग मन्त्री बन्ने

मधेश सरकारमा माओवादी सहभागी हुँदै, सुनिता उद्योग मन्त्री बन्ने

  • सोमवार, माघ २३, २०७९
मधेश सरकारमा माओवादी सहभागी हुँदै, सुनिता उद्योग मन्त्री बन्ने

जनकपुरधाम –  मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो ।

माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको माओवादी स्रोतले जनाएको छ । माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो ।

उनी सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रचण्डकै निर्देशनमा यादव मन्त्री बन्न लागेकी हुन् ।माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने करिबकरिब सहमति थियो ।

जसमा एउटामा भरत प्रसाद साह र अर्कोमा सुनिताको नाम चर्चामा थियो । तर, एक मन्त्रालय मात्र जसपा नेतृत्वको सरकारले दिन खोजेपछि सो मा सुनिता मन्त्री बन्ने तय भएको हो । सुनिता समानुपातिक प्रणालीबाट संसद बनेकी हुन् ।

१० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको लागि एक मात्र उद्योग वन तथा पर्यटन मन्त्रालय आफूसँग राखेका छन् ।

भरत यसअघि पनि प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री थिए ।

चर्चामा

सम्बन्धित समाचार