शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

  • सोमवार, माघ २३, २०७९
टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

एजेन्सी – टर्कीमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको थियो। धेरै भवनहरु ध्वस्त भएको र मानिसहरु फसेको र उद्दार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चर्चामा

सम्बन्धित समाचार