सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • फुटबल
  • पीएसजीको जितमा मेसीको निर्णायक गोल

पीएसजीको जितमा मेसीको निर्णायक गोल

  • आइतवार, माघ २२, २०७९
पीएसजीको जितमा मेसीको निर्णायक गोल

पेरिस — लियोनल मेसीले गरेको गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोलान्तरले हराएको छ । यो जितसँगै पीएसजी आठ अंकका साथ शीर्ष स्थानमा रहन सफल रह्यो ।

अंक तालिकाको मध्य भागमा रहेको टुलोजले ब्रान्को भान डेको गोलको मद्दतले आश्चर्यजनक अग्रता लिएको थियो । पहिलो हाफमा आचरफ हाकिमीको गोलले खेल बराबरीमा आएपछि मेसीले २५ यार्डबाट उत्कृष्ट गोल गरे ।

यो जितले पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ । चोटका कारण केयलिन एम्बाप्पे र नेयमारलाई गुमाइरहेको पीएसजीका लागि मेसीले यस सिजन आफ्नो दसौं लिग गोल गरेका हुन् । उनले यो सिजन समग्रमा १५ गोल गरिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार