शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो

  • आइतवार, माघ २२, २०७९
अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो

अफगानिस्तानको तालिबान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको छ । तालिवानको रेड क्रिसेन्ट विभागलाई उद्धृत गर्दै बीबीसीले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ ।

अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खालासका अनुसार देशभर चिसो, ग्यास प्रदूषण र वर्षाका कारण शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० जना बिरामी परेका छन् ।

चिसोको प्रकोपले अफगानी नागरिक पीडित भइरहेको बेला अन्तर्राष्ट्रिय सहयोग पनि कम भइरहेको छ । तालिबानले महिलामाथि लगाएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय सहयोग कम भइरहेको हो । बीबीसीका अनुसार अफगानिस्तानका एक करोड मानिसलाई तत्काल सहयोगको आवश्यकता रहेको विज्ञहरू बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार