धनगढी – कैलालीको अत्तरियाबाट एक युवक चरेससहित पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ बसपार्कबाट बझाङका सत्यनारायण फुलारा चरेससहित पक्राउ परेका हुन्। बझाङको छब्बिस पाथिभारा गाउँपालिका वडा नम्बर ६ का २९ वर्षिय फुलारा एक दशमलव पाँच किलोग्राम चरेससहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय, मालाखेतीको प्रहरी समूहले शुक्रवार साँझ उनलाई अत्तरिया बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। प्रदेश प्रहरीको समूहसँगको सहकार्यमा छब्बिस पाथिभारा बझाङ होटलको कोठा नम्बर ३ बाट उनलाई लागुऔषध चरेससहित पक्राउ गरेको मालाखेती प्रहरीले बताएको छ।