मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीको विश्वास : रास्वपाले समर्थन फिर्ता लिँदैन

प्रधानमन्त्रीको विश्वास : रास्वपाले समर्थन फिर्ता लिँदैन

  • बिहिबार, माघ १९, २०७९
प्रधानमन्त्रीको विश्वास : रास्वपाले समर्थन फिर्ता लिँदैन

काठमाडौं  –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई सञ्चारकर्मीहरुले रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए । जवाफमा उनले भनेका छन्, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार