शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

  • बुधबार, माघ १८, २०७९
भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

एजेन्सी –  भारतको झारखण्डस्थित एक भवनमा आगलागी भएको छ। धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १४ जनाको मृत्यु र १७ जना गम्भीर घाइते भएका छन्।

उनीहरूको उपचार भइरहेको छ। भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ। फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

चर्चामा

सम्बन्धित समाचार