• होमपेज
  • समाचार
  • ६ थुनुवा फरार प्रकरण : इन्स्पेक्टरसहित सबै प्रहरी जिल्ला तानिए, तीन जना निलम्बित

६ थुनुवा फरार प्रकरण : इन्स्पेक्टरसहित सबै प्रहरी जिल्ला तानिए, तीन जना निलम्बित

  • मङ्लबार, माघ १७, २०७९
६ थुनुवा फरार प्रकरण : इन्स्पेक्टरसहित सबै प्रहरी जिल्ला तानिए, तीन जना निलम्बित

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँका सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ ।

इन्स्पेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीन जना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ ।

अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार