शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु

पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु

  • मङ्लबार, माघ १७, २०७९
पाकिस्तानको एक मस्जिदमा आक्रमण : ४७ जनाको मृत्यु

पाकिस्तानको पेशावर शहरको एक मस्जिदमा आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ। विस्फोटमा परेर १५० भन्दा धेरै घाइते भएका छन्।

आक्रमण प्रहरी लक्षित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनास्थलमा तीन सयदेखि चार सयको बीचमा प्रहरी रहेकाले प्रहरी लक्षित आक्रमण भएको हुनसक्ने खबरमा उल्लेख छ।

घटनाको विरोध गर्दै प्रधानमन्त्री शहबाज शरीफले आक्रमणकारीले देशको सुरक्षाकर्मीमाथि आक्रमण गरेर डरलाग्दो माहौल सिर्जना गर्न खोजेको दाबी गर्नुभएको छ।

अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन। तर पाकिस्तानी तालिवानले आक्रमण गरेको अनुमान गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार