• होमपेज
  • समाचार
  • आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

  • मङ्लबार, माघ १७, २०७९
आजको मौसमः पश्चिममा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको सो महाशाखाले जनाएको छ। उता रातको समयमा भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार