शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शिक्षा
  • आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

  • आइतवार, माघ १५, २०७९
आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

काठमाडौं –  विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु गरिएको थियो ।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र १ वैशाखबाट सुरु हुने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार