शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाका भुकम्प प्रभाबितको दुखेसो भित्र बसौँ भुकम्पको त्रास बाहिर बस्दा हिउँले कठ्याग्रिने

हिमाली गाउँपालिकाका भुकम्प प्रभाबितको दुखेसो भित्र बसौँ भुकम्पको त्रास बाहिर बस्दा हिउँले कठ्याग्रिने

  • मङ्लबार, माघ १०, २०७९
हिमाली गाउँपालिकाका भुकम्प प्रभाबितको दुखेसो भित्र बसौँ भुकम्पको त्रास बाहिर बस्दा हिउँले कठ्याग्रिने
हिमाली गाउँपालिकामा परेकाे हिमपात तस्विर : देवु मल्लकाे फेशबुकबाट

बाजुरा — मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण हिमाली गाउँपालिकाका स्थानिय घर बाहिर हिउँमा कठ्याग्रिदै बसेका छन ।
फेरी पनी भुकम्प जाने होकी भन्ने डरले त्यहाका स्थानिय घर भित्र बस्न नसकेको स्थानियले बताएका छन । सो क्षेत्रमा बाक्लो हिमपात भएका कारण जनजिवन कष्टकर बनेको छ । घरभित्र बस्दा भुकम्पको डर हुने र बाहिर कठ्याग्रिदो हिमपातले गर्दा समस्या भएको स्थानियले बताएका छन । साे क्षेत्रमा अहिले पनि हिमपात भइरहेकाे स्थानियले बताएका छन ।
हिमाली गाउँपालिकामै केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण त्रासले अहिले सम्म त्यहाका नागरिक घरभित्र गइनसकेको स्थानियले बताएका छन । मंगलबार दिउसो बिच्छ्यालाई केन्द्र बिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो।
भुकम्प प्रभाबित क्षेत्रमा नेपाली सेना नेपाल प्रहरी ससस्त्र प्रहरी लगायतको सयुक्त टोली पठाइसकीएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार