शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • फोन गर्न अझै पनि डाँडा धाउदै बाजुराको हिमालीका स्थानिय

फोन गर्न अझै पनि डाँडा धाउदै बाजुराको हिमालीका स्थानिय

  • सोमवार, माघ ९, २०७९
फोन गर्न अझै पनि डाँडा धाउदै बाजुराको हिमालीका स्थानिय

बाजुरा — बाजुराको दुर्गम क्षेत्रको रुपमा रहेको हिमाली गाउँपालिकाका अधिकांस बस्तिहरुमा अहिले पनी संचार सेवाबाट बिमुख बनेका छन । हिमाली गाउँपालिका दर्जन बढि बस्तिका स्थानिय अहिले पनि एक कल फोन गर्न घण्टौँ हिडेर डाडाकाडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको छ ।

हिमाली गाउँपालिकाका वडा नम्मर १ बिच्छ्या आसपासका क्षेत्रहरु, वडा न ३ को गुम्बा गाउँ, वडा न ५ को कवाडी आसपास र वडा न ६ को पाँणी गाउँका नागरिकहरु अहिले सम्म फोन गर्न घण्टौँ हिडेर अग्लो ठाउँमा गएर फोन गर्न बाध्यतामा रहेका छन ।

फोनमा आफन्तसँग कुरा गर्नुपरे एक दिनको समय छुट्उनुपर्ने बाध्यता रहेको स्थानीय गोरख शार्कीले बताए । ‘महिलालाई त फोन गर्नै गाह्रो हुन्छ, पुरुषहरु त जसोतसो जान्छन् शार्कीको भनाई रहेको छ । महिलाहरुले फोन गर्नुपर्दा घरको सारा कामकाज छोडेर हिँड्नुपर्ने भएकोले महिलाहरुलाई थप समस्या हुने गरेको स्थानिय बताउँछन् । ‘यस्तो समस्या हुँदा पनि कसैको ध्यान गएन, केटाकेटी र वस्तुभाउ अर्कालाइृ जिम्मा लगाएर फोन गर्न जानुपर्छ उनिहरुको भनाई रहेको छ ।’

सम्बन्धित निकायमा पटक-पटक घच्घच्याए पनि हुन्छ भन्ने आश्वासन दिने तर काम केही नगरिदिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दाको दैनिकी बनिसकेको उनले बताए । ‘सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ,’ अध्यक्ष मल्लले भने । हिमाली गाउँपालिकाका दर्जन बढि बस्तीका नागरिकहरु फोन गर्न अझै पनि डाँडा खोज्दै जानुपर्ने बाध्यता बनेको गाउँपालिका अध्यक्ष मल्लकाे भनाइ रहेकाे छ ।  यहोको समस्याका बिषयमा कार्यपालिकाबाटै निणर्य गरेर पटक पटक नेपाल टेलिकममा पुग्दा पनि कसैले चासो नदिएको गाउँपालिका अध्यक्ष मल्लको भनाई रहेको छ ।

स्थानिय तह भइसकेपछि केही बस्तीहरुमा भने फोन टावर बनाएको भए पनि बिकट भएका कारण सबै ठाउँमा संचार सेवा नपुगेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए । फोन सेवा नभएका गाउँका लागि पनि पटक पटक नेपाल टेलिकमा जिल्ला प्रदेश र केन्द्रीय कार्यालयहरु धाइसकेको भए पनि टेलिकमको ब्यवास्थाका कारण नागरिकले सास्ती खेप्नुपरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । नेपाल टेलिकमको कार्यालयमा आबस्यक कागजात सहित धेरै पटक पुग्दा पनि टेलिकमले वास्ता नगरिदिएको गाउँपालिकाको गुनासो रहेको छ ।

‘विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन्,’ उनले भने। संचार सेवा नहुँदा हिमाली गाउँपालिकाका ७ वडा मध्य ४ वटा वडा कार्यालयहरुको काम समेत प्रभाबित बनेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीको भनाई रहेको छ । वडा कार्यालयमा समेत संचार नहुदा पालिकाको कार्यालयमा आउनुपर्दा नागरिकहरु समस्यामा पर्ने र धेरै खर्च हुने गरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए ।

वडा न १ बिच्छयामा स्वास्थ्य चौकी माध्यामिक बिद्यालय र वडा कार्यालय समेत रहेकोले सो ठाउँमा अहिलेको संचारका कारण सेवा प्राभवकारी नबनेको गाउँपालिकाले जनाएको छ । वडा कार्यालयमा जन्म मृत्यु लगायतका धेरै कामहरु अहिले अनलाइृनबाटै गर्नुपर्ने भए पनि सो ठाउँमा नेटवर्क समेत नहुदा त्यहाँका नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाले जनाएकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार