• होमपेज
  • समाज
  • अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

  • आइतवार, माघ ८, २०७९
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम सहित झापा मेचीनगर नगरपालिका-७ घर भएका ३१ वर्षीय अमित राजबंशीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८११० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर– मनहरी गाउँपालिका-८ दारिमबासबाट अवैध लागूऔषध गाँजा करिब २० केजीसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय राज कुमार प्रजा र ४५ वर्षीय जित बहादुर मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका-४ घर भएका २३ वर्षीय दिपक थापा र सोही महानगरपालिका-३ बस्ने ४० वर्षीय जाकिर हुसेन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.४१ प १६३० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली– धनगढी महानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३२ वर्षीय रोहित भट्टलाई अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
स्याङजा– गल्याङ नगरपालिका-१ राम्दीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१५ बस्ने ३७ वर्षीय जोन गुरुङ र ३९ वर्षीय लाल बहादुर गुरूङ रहेका छन् । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१७ प ७२०० नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर– भिमदत्त नगरपालिका-३ तिलकपुर बस्ने बझाङ केदारस्युँ गाउँपालिका-७ काडाचौकी घर भएका ४० वर्षीय करन धामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ केजी ५ सय २० ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको संयुक्त टोलीले भिमदत्त नगरपालिका-३ तिलकपुरस्थित सिचाई नहरको किनारबाट धामीलाई ४ केजी ७ सय ७० ग्रामसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा धामीले सोही ठाउँस्थित उनकै बज्यै नाता पर्ने राईमती देवी बोहराको घरमा राखेको थप १० केजी ७ सय ५० ग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको हो ।
नवलपरासी(पूर्व)– कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, नुर्फिन २१ एम्पुल र डाईजेपाम २१ एम्पुलसहित चितवन भरतपुर महानगरपालिका-१६ बस्ने २३ वर्षीय सबिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.८ ख ८८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ– विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक २९ एम्पुल, ऐभिल २९ एम्पुल, फेनारगन २९ एम्पुल र डाइजेपाम २९ एम्पुलसहित बेलबारी नगरपालिका-१ बस्ने ३४ वर्षीय उपेन्द्र खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ६५६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक खड्कालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार