शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सुदूरपश्चिमका ९ वटै जिल्लाका गायकहरुको “हाम्रो नौ जिल्ला” सार्वजनिक

सुदूरपश्चिमका ९ वटै जिल्लाका गायकहरुको “हाम्रो नौ जिल्ला” सार्वजनिक

  • आइतवार, माघ ८, २०७९
सुदूरपश्चिमका ९ वटै जिल्लाका गायकहरुको “हाम्रो नौ जिल्ला” सार्वजनिक

शुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन तथा भेषभुषालाई संरक्षण गर्ने उद्देश्यले तयार पारिएको देउडा गीत “हाम्रो नौ जिल्ला” सार्वजनिक भएको छ । बिग परिवेशको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ ।

सम्भावनाले भरिएको तर प्रचारप्रसारको अभावले पछि परेको सुदूरपश्चिमलाई चिनाउने उद्देश्यले निर्माण गरिएको लोकप्रीय गीतमा चर्चित गायकहरुले स्वर दिएका छन् । जसमा डडेल्धुराका बरिष्ठ देउडा गायक भोजराज भट्ट, कञ्चचनपुरका भुवन बडु, अछामका टेक बोगटी, बझाङका उमाशङ्कर जोशी, बैतडीका भानुभक्त जोशी, बाजुराका राजेन्द्र बाजुराली, डोटीका शेर बिष्ट, दार्चुलाका केशव बिष्ट र कैलालीका दिपेश बिष्टले स्वर दिनुभएको छ ।

सबै जिल्लाका चर्चित पर्यटकीय, धार्मिक स्थलहरु तथा मुख्य विशेषतालाई लक्षित गरि गीत तयार पारिएको छ । उक्त गीतमा शब्द गायक भानुभक्त जोशीको रहेको छ भने लय एरेन्ज भूवन बडूले गरेका छन् । जीवन बडूले मिक्सिङ गरेको उक्त गीत बीग एचडी परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको हो । अमन बडूले छायांकन गरेको गीतमा सम्पादन समेत अमन बडूले गरेका छन् । जनक महरा, हेमराज अधिकारी र दर्शन जोशीले अभिनयमा साथ दिएका छन् ।

गीतमा डडेल्धुरालाई गायक भोजराज भट्टले सातै जिल्ला देखिने सुन्दर डडेल्धुरा भनेर स्वर दिएका छन् । घटाल बाबा परशुराम धन्य उग्रतारा, संसारमा चिनाउने हाम्रो अभिभारा भनेर गीतलाई अगाडी बढाएका छन ।
बाह्रसिंगाको जिल्ला, झिलमिला ताल, बेदकोट ताल, बारकुण्डा, भम्केश्वर रहेको कञ्चनपुर जिल्ला भनि गीतमा भूवन बडूले स्वर दिएका छन् । यसैगरी वरतिर महाकाली परतिर सेती सहित रामारोशनको जिल्ला भनेर अछामका टेक बोगटीले बयान गरेका छन् ।

गीतमा दार्चुलाका केशव विष्टले दार्चुलालाई इन्द्रलोककोे दर्जा दिएकोछ । लिपुलेक, कालापानी, मालिकार्जुन, शिखर धुरा, कैलाश पर्वत लगायतका ठाउँहरुलाई गीतमा समावेश गरिएको छ । स्वर्गको टुक्रा, सुर्मादेवी ताल, सैपाल हिमाल समेत रहेको बझाङको बयान उमाशंकर जोशीले गरेका छन् । देवी देवताको थान, दशरथचन्द जन्मेको ठाँउ बैतडी भनि गायक भानुभक्त जोशीले उल्लेख गरेका छन् । यस गीतमा शब्द समेत गायक जोशी कै रहेको छ ।

बाजुराका राजेन्द्र बाजुरालीले शक्तिशाली बडिमालिका बाजुरामा रहेको भनी गीतलाई पूर्णता दिएका छन् । ३३ कोटी, नेपालको नमुना, दिपायल सिलगढी, खप्तड जाने बोटो, केदारनाथ रहेको जिल्ला अनि बासमतिको ठाउँ जोरायलको बयान डोटीका शेर विष्टले गरेका छन् । घोडाघोडी ताल, गोदावरी धामको बयान कैलालीका दिपेश विष्टले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार