शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

  • आइतवार, माघ ८, २०७९
सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ आउँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् ।

गाडी सडकबाट ७०/८० मिटर तल खसेको छ ।

चर्चामा

सम्बन्धित समाचार