सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भलिबल
  • नगर स्तरिय शिक्षक भलिबल प्रतियोगिताको उपाधि क्रेटर जोन एकेडेमीलाई

नगर स्तरिय शिक्षक भलिबल प्रतियोगिताको उपाधि क्रेटर जोन एकेडेमीलाई

  • शनिबार, माघ ७, २०७९
नगर स्तरिय शिक्षक भलिबल प्रतियोगिताको उपाधि क्रेटर जोन एकेडेमीलाई

बाजुरा ७ माघ– सदरमुकाम मार्तडीमा आयोजित नगरपालिका स्तरिय शिक्षक प्रतियोगिताको उपाधी मार्तडी स्थित क्रेटर जोन एकेडेमीले हात पारेको छ । खेल खेलौ स्वसथय रहौ खेलको माध्यामद्धारा भाईचारको विकास गारौ भन्ने नाराका साथ हिजो शुक्रबारबाट कन्वर्स एकेडेमी बोड्रिङ्ग स्कुलद्धारा आयोजित चौथो बडिमालिका नगरपालिका स्तरिय शिक्षक भलिबल प्रतियोगितामा क्रेरेटर जोन एकेडेमी प्रथम भएको छ भने आयोजक रहेको कन्भर्स एकेडेमी दोस्रो भएको छ ।
बडिमालिका नगरपालिकाका लक्ष्मी माबि जिल्ला, चोयाकोट माबि रजाली, समता स्कुल, क्रेटर जोन एकेडेमी मालिका नमुना माबि, बडिमालिका बोडिङ्ग स्कुल र कन्वर्स एकेडेमी गरी सात ओटा स्कुलहरुको सहभागीता रहेको आयोजक कन्वर्स एकेडेमीका खेलाडी शिक्षक शेरबहादुर रावलले बताए ।
कन्वर्स एकेडेमीले लगातार चौथो पटक नगर स्तरिय शिक्षक भलिबल प्रतियोगीता गर्दै आएको छ । प्रतियोगीताले नगरपालिकाका शिक्षकहरुको भाईचारको सम्बन्ध प्रतिभाशिल शिक्षकले खेलको माध्यामबाट आफेनो परिचय स्थापीत गर्ने बिद्यालयमा शिक्षण सिकाई आदान प्रदान जस्ता िबिषयमा फाईदा हुने शिक्षक रावलले बताए ।
प्रतियोगितामा प्रथमलाई प्रमाण पत्र सहित १० हजार द्धितियलाई ५ हजार पुरस्कार दिएको छ भने अन्य सहभागी सबै बिद्यालयलाई प्रशंसा पत्र प्रदान गरिएको आयोजकले जानएको छ ।

चर्चामा

सम्बन्धित समाचार