शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता साझेदार दलबाट सोविता गौतमलाई उपसभामुख बनाउने तयारी

सत्ता साझेदार दलबाट सोविता गौतमलाई उपसभामुख बनाउने तयारी

  • बिहिबार, माघ ५, २०७९
सत्ता साझेदार दलबाट सोविता गौतमलाई उपसभामुख बनाउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

‘उपभामुख हाम्रो पार्टीबाट बनाउने फिक्स भइसकेको छ’ रास्वपाका एक नेताले भने, ‘कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागेको छैन । हामीले भोलिसम्म फाइनल गछौं ।’ कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार