• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमकी उप–सभामुख चौधरीले सम्हालिन पदभार

सुदूरपश्चिमकी उप–सभामुख चौधरीले सम्हालिन पदभार

  • बुधबार, माघ ४, २०७९
सुदूरपश्चिमकी उप–सभामुख चौधरीले सम्हालिन पदभार

धनगढीः सुदूरपश्चिमकी उप–सभामुख कोइलीदेवी चौधरीले पदभार सम्हालेकी छिन्। उनले बुधवार पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै पदभार सम्हालेकी हुन्।

सुदूरपश्चिम प्रदेश सभाबाट उनी मंगलवार उप–सभामुखमा निर्वाचित भएकी थिइन्। बुधवार बिहान प्रदेश प्रमुखको कार्यालयमा सभामुख भीम भण्डारीले उपसभामुख चौधरीलाई शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री राजेन्द्र रावल, नेकपा एमालेका सचिव लेखराज भट्ट लगायतको उपस्थित थियो।

चर्चामा

सम्बन्धित समाचार