शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कबिता :पीडा भयाे

कबिता :पीडा भयाे

  • बुधबार, माघ ४, २०७९
कबिता  :पीडा भयाे

स्कुल छाेड्न मन थिएन
स्कुल छाेड्दा पीडा भयाे
कलेज पढ्न मन थियाे
कलेज छाेड्दा पीडा भयाे ।

घर छाेड्न मन थिएन
घर छाेड्दा पीडा भयाे
सुर्यअस्त प्राण अामा बाबू
छाेडि हिड्दा पीडा भयाे ।

गरिखाने वारि बाँजै
खेत सबै पैराे गयाे
अाँखा छैन, कान नभएकाे
सरकार पनि बैराे भयाे।

दस पढेकाे सर्टिफिटे बाकसैमा राख्नु पर्याे
सबै कुरा बिर्सिएर बिदेश तिरै लाग्नु पर्याे ।
डिग्री पढि सर्टिफिकेट हातमा लिई डुल्नु पर्याे
परिवर्तनको युवा जमात खाडीमा नै भुल्नु पर्याे

नेपाल छाेड्ने मन थिएन
नेपाल छाेड्दा पीडा भयाे
सिमाना मा गाडि खड्याे
हेर्दाहेर्दै अाँसु झर्याे ।

देशको सिमा पर सार्दा
बाेलिदिने काेहि भएन
मनमुटुमा पीडा भयाे
समालिने ठाउँ भएन ।

प्रवासमा हामी पिडित
घरमा अामा बाबू पिडित
सिमाना का जनता पिडित
अनि देश नेपाल पिडित ।

चर्चामा

सम्बन्धित समाचार