शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु

अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु

  • मङ्लबार, माघ ३, २०७९
अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु

एजेन्सी – तापमानमा भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको जनवीवन थप कष्टकर बनेको छ ।

चिसाका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । साथै बद्घिस र अन्य प्रान्तमा पनि चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन् ।हेरातका स्थानीय हुसेनले अवैध बसाइँसराइमा जाँदै गर्दा अत्यधिक चिसोले आफू अस्पताल भर्ना भएको बताएका छन् ।

उनले भनेका छन् ‘हिउँका कारण हामी बाटोमा चार घन्टा रोकियौँ, यात्रा पनि कष्टकर छ । हेरात क्षेत्रीय अस्पतालको तथ्याङ्क अनुसार यहाँ कम्तिमा ७० जना हाइपोथर्मियाका कारण अस्पताल भर्ना भएका छन् । यसैगरी चारजना लागुऔषध दुर्व्यसनीको मृत्यु भएको छ ।’ स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ती सबै गोठाला रहेको बुझिएको छ ।

स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ । यसेगरी सार-ए-पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले रिपोर्ट गरेको छ।

तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो । सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ । देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय सङ्कटको सामना गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार