शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पारस भट्ट (प्यासी) काे (ए जिउँदो मन)

पारस भट्ट (प्यासी) काे (ए जिउँदो मन)

  • सोमवार, माघ २, २०७९
पारस भट्ट (प्यासी) काे (ए जिउँदो  मन)

म उता जलिरहेको थिए ,
आगोमा दनदनी , कतै देखिएन र? तिम्रा ती क्यामरा हरुमा म जलिरहेको दृश्य ”

त्यहि कुहिरो भित्र थियो मेरो सरिरको धुवा”
तर के देख्थ्यौ तिमित मेला महोत्सव सम्झेर ,रमाउन थालेछौ!
त्यत्रो भिड सोकमा डुबेको थियो! कोहि मेरो उद्दार गर्न खोज्दै थिए,
कोहि रोएर बसेका थिए !
तर तिमी भिडियो बनाएर! बसेको थियौ!

ए जिउँदो मन तिम्रो त्यो मन होकि ढुङ्गा ,?
एक चोटि गहिरिएर सोच्नु पर्ने थिएन ! म ठिक गर्दैछु या बेठिक,,
कयौं तिम्रा दाजु भाइ दिदी बहिनीहरु चिच्याएरहेका थिए !
गुहार माग्दै थिए !
मलाइ बचाउँ भन्दै थिए!
मलाइ पोल्दै थियो! तिमिलाइ न्यानो लाग्दै थियो म जलिरहेको आगोबाट ताप मिलिरहेको थियो!

आगोको त्यो भुमरीबाट त तिमिलाइ देखिरहेका थिए! तर तिमीले त्यो खुल्ला आकाश को मुनि ,
मन शितर, चिसो हावा चलिरहेको ठाउँबाट पनि देखेनौं है!

हुन् त तिमी पनि आफ्नै संसारमा भुलिहाल्यौ!
तिमिले रमाउनु थियो!
तिमिलेत मेला पो सम्झेको थियौँ!

म भन्दैथिए आगोको भुमरि मा छट्पटिदा छट्पटिदै पनि
सलाम छ तिम्रो मनलाइ”
सलाम छ तिम्रो साहास लाइ”
कहिले सानो चोट पनि नलागोस् तिमिलाइ ”

सधै तिमिले यस्सरिनै अरुको पीडामा रमाउन सक्नु!
भगवान् ले तिमिलाइ रक्षा गरून्

ए जिउँदो मन एकछिन पछि तिम्रो क्यामरा बन्द भयो! अनि पोस्ट गर्न थाल्यौ तस्बिरहरु
फेसबुकमा ,
टिकटकमा
त्यत्ती देखे अरु केही देखेन म पनि त्यसपछी प्रलय भैसके संसारबाट !

चर्चामा

सम्बन्धित समाचार