शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको १२ औँ हिउँदे अधिबेशन सम्पन्न

बडिमालिका नगरपालिकाको १२ औँ हिउँदे अधिबेशन सम्पन्न

  • शुक्रबार, पुस २९, २०७९
बडिमालिका नगरपालिकाको १२ औँ  हिउँदे अधिबेशन सम्पन्न

बाजुरा — बडिमालिलका नगरपालिकाको १२ औँ  हिउदे अधिबेशन तथा  दाेस्राे नगर सभा विभिन्न निर्णय गर्दै  सम्पन्न भएको छ । नगर सभा तथा हिउँदे अधिवेशन नगर प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न भएको हो ।  नगर सभाले १४ ओटा कार्यबिधी र हाल सम्मका कार्यहरुको प्रगिती पास गर्दै सम्पन्न गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्काले बताए ।
नगर अधिबेशनमा एक्बुलेन्स संचालन कार्यबिधी २०७९, आपतकालिन कार्य संचालन कार्यबिधी २०७९, भु उपयोग कार्यबिधी, एकल पुरुष, एकल महिला तथा ग बर्गका अपाङ्गहरुलाई भत्ता बितरण सम्बन्धी कार्यबिधी नगर सभाले पास गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताएका छन ।
त्यसै गरी सुचना तथा संचार प्रबिधी प्रयोग सम्बन्धी कार्यबिधी, होमस्टे संचालन कार्यबिधी, अन्तर स्थानिय तह समन्वय समिति कार्यबिधी, नगर स्थरिय खेलकुद बिकास तथा ब्यबस्थापन कार्यबिधी २०७९  लगायतका कार्यबिधी कार्यन्वयनका लागि नगरसभा बाट पास गरेको प्रमुख प्रशासकिय अधिकृत विकले बताएका छन ।

नगरपालिकाका प्रमुख  अमर बहादुर खड्का  र उप–प्रमुख नन्दा थापाले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी सुरु भएको  नगरसभामा  नीति तथा कार्यक्रम  उप प्रमुख नन्दा थापाले प्रस्तुत गरेकी थिइन् ।

हालसम्म नगरले गरेको प्रगती विवरण सार्वजनिक गरिनुका साथै नगरपालिकाको कार्यपालीका बैठकले पारित गरेका विभिन्न कार्यविधिको बारेमा जानकारी सहीत सार्वजनिक गरिएको थियो ।  यस अघी बनेका केही कार्यबिधीका शिर्षक संशोधन पारित गर्नुका साथै १४ वटा कार्यबिधी अनुमोदन गरेको छन ।

चर्चामा

सम्बन्धित समाचार