• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा उपसभामुख नागरिक उन्मुक्तिको भागमा

सुदूरपश्चिममा उपसभामुख नागरिक उन्मुक्तिको भागमा

  • बिहिबार, पुस २८, २०७९
सुदूरपश्चिममा उपसभामुख नागरिक उन्मुक्तिको भागमा

सुदूरपश्चिममा उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ। एमालेको भागमा मुख्यमन्त्री परेसँगै सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको हो।

सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

एमाले पोलिटब्युरो सदस्य रावल समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका हुन्। रावल २०५४ मा एमालेबाट कञ्चनपुर जिविस उपसभापति बनेका थिए।

सुदूरपश्चिममा एमाले र माओवादीबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ। प्रदेशमा सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्तिले लिनेछ।

चर्चामा

सम्बन्धित समाचार