मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • राप्रपा बाजुराले मनायो पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती

राप्रपा बाजुराले मनायो पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती

  • बुधबार, पुस २७, २०७९
राप्रपा बाजुराले मनायो पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती

बाजुरा — प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी राप्रपा पार्टी बाजुराले पनि पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाएको छ । सदरमुकाम मार्तडी स्थित आफ्नै पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरी राप्रापाका नेता तथा कार्यक्रताहरुले जन्मजयन्ती मनाएका हुन ।

राप्रपका नेता जय बहादुर गिरी, कान्त बहादुर शाही, दल बहादुर थापा लगायतका नेता तथा कार्यक्रताहरुको उपस्थितीमा र्पथ्वीनारायण शाहको जन्मउत्सव मनाएको राप्रपाका नेता दल बहादुर थापाले बताएका छन । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।
नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाईरहेका छन । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।

चर्चामा

सम्बन्धित समाचार