शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • “मेरो गुरु गोदाम” (कबिता)

“मेरो गुरु गोदाम” (कबिता)

  • मङ्लबार, पुस २६, २०७९
“मेरो गुरु गोदाम” (कबिता)

म एक पिछडिएको गाउँ त्यसैमाथी एकदमै कम्जोर स्थिति भएको परिवारमा जन्मेको ,हुर्केको साधारण परिवारको एक सदस्य ”
न मलाई राम्रो सँग बोल्न आउँथ्यो , नत म मा केही सिपनै थियो!

मलाइ राम्रो सँग हिड्न नै आउदैनथ्यो !

नत मैले राम्रो सँग पढ्न पाएको थिए !
नत राम्रो खान लाउन नै पाएको थिए!

केही नभए पनि आफ्नो पेट त पालुँला भनेर फुत्त घर बाट निस्केर सहर पसे !
अन्जान सहर
छन् त लाखौ मान्छे हरु थिए ”
तर मेरो लागि कोहि थिएन “”

कामको खोजिमा यता उति भौतारी भौतारिदा म थाकी सके
तर थाकेर मैले कहाँ सुख पाउथेर?
म मन मनै सोच्दै थिए! केही नभए पनि मैले भोक प्यास सहन त सिक्दैछु!
हिड्न सिक्दै छु,
बोल्न सिक्दै छु !
मैले कामको खोजी गर्न छोड्नु हुन्न एकदिन त कसो काम नपाएला? फेरि म पसल पसलहरुमा गएर !कम्पनी कम्पनीमा गएर , मलाइ काम दिनुस् भन्न थाले !

अँह कसैले वास्ता गरेन
काम पनि कसरी पाउँथे न केही सीप न रामो पढाई लेखाइ ! नत कोहि आफ्ने चिनेको मान्छे!

तर पनि मैले काम खोज्न छोडेन! एकदिन मैले कपडा गोदाममा गएर साहुजी मलाइ काम दिनुन भनेर पश्न गरे ”
हो त्यहाँ चाहिँ अरु स्टाप घर गएका रहेछ्न् मान्छेको आबश्यका रहेछ !
पढाइ लेखाइ पनि त्यत्ती हेरेन तर अरु स्टाप घर गएका छन यहाँ चाहिँ एक महिनाको लागि मात्रै काम छ गर्छौँ? भनेर साहुले प्रश्न गर्यो!

हुन्छ म गर्छु भन्दै म काम गर्न थाले
मेरो इमानदारीता र मेरो काम देखेर
साहुजिले मलाइ एक महिना पछि पनि काम बाट निकालेन म काम गर्न थाले!

कपडाको गोदाम दिनहुँ छ सात ओडा गाडी लोड अनलोड गर्न पर्ने गाह्र्क हरु आउने कपडाका चाङहरु भत्काउनु पर्ने ,समान छानी दिनु पर्ने फेरि ती भत्केका गोदाम हरु मिलाउने पर्ने !

काम धेरै अफ्ट्यारो लागि सक्यो म गर्न सक्दैन जस्तो लागि सक्यो !
अहंँ काम त छोड्दिन ”
मलाइ गोदामले जिन्दगी केहो बुझाउँदैछ,
संघर्ष गर्न सिकाउदै छ !
दुख को परिभासा दिदैछ !
गुरु हरु त मेरा थुप्रै थिए दुई चार अक्षर लेख्न र पढ्न सिकाए होलान !!

मलाइ यो गोदामलेत जिउन सिकाउँदैछ !
गर्न सिकाउँदैछ
बाच्न सिकाउँदैछ !
यहि गोदाममा काम गरेरत मेरो पेटले चारो पाउँदैछ मैले गोदामको पुजा गर्नु पर्छ ! मलाइ हात पाखुरा चलाउन सिकाउने महान गुरु भनेकै मेरो गोदाम हो !

बेस्सरी काम गर्नु पर्छ, पसिना बगाउनुपर्छ दु:ख छ कष्ट छ शरीर दु:खछ थाहा छ तर मलाइ मान्छे बनाउनेत मेरो गोदाम हो!
” हो मेरो गुरु गोदाम हो”!

चर्चामा

सम्बन्धित समाचार