शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ६
  • कर्णाली प्रदेशमा सभामुखको चुनाव माघ १ गते

कर्णाली प्रदेशमा सभामुखको चुनाव माघ १ गते

  • मङ्लबार, पुस २६, २०७९
कर्णाली प्रदेशमा सभामुखको चुनाव माघ १ गते

कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ बजेका लागि तोकेका छन् ।

उनले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका हुन् । चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११ बजे सभाको बैठक प्रारम्भ, मत विभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार