बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • राजमार्गको छेउछाउमा थुपारिएको माटो २ दिन भित्र हटाउन निर्देशन

राजमार्गको छेउछाउमा थुपारिएको माटो २ दिन भित्र हटाउन निर्देशन

  • सोमवार, पुस २५, २०७९
राजमार्गको छेउछाउमा थुपारिएको माटो २ दिन भित्र हटाउन निर्देशन

टेक बहादुर बुढा, बाजुरा – जुराको साँफे-मार्तडी सडक खण्डको छेउछाउमा थुपारिको माटो २ दिन भित्र हटाउन जिल्ला प्रशासन कार्यालय बाजुराले निर्देशन गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो । राजमार्ग अबरोध हटाउने समन्वय समितिको बैठकले निर्देशन गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले बताएका छन ।

सदरमुकाम मार्तडी नजिकै पक्की सडकमा माटो थुपार्ने, घर टहरा बनाउने, बङगुर खोर बनाउने, फोहोर वस्तुहरु फाल्ने जस्ता कार्यहरु भएकोले २ दिन भित्र हटाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।

सडकमा थुपारिएको माटो सम्बन्धित व्यक्तीलाई हटाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए । त्यस्तै साँफे मार्तडी सडक खण्डका खाल्डा खुल्डी पुर्ने, मार्तडी कोल्टी सडक खण्डमा काम गर्न निर्माण व्यवसायीलाई यथासिघ्र काम गर्न निर्देशन दिने लगायतका निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मार्तडी कोल्टी सडकको चुथी देखी ढम्कने सम्मको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेकोले तत्काल काम गर्न निर्देशन दिने निणर्य समेत गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सदरमुकाम मार्तडी नजिकै सडकमा जथाभावी माटो फाल्दा पनि प्रशासन, प्रहरी, नगरपालिका मौन अवस्थामा रहेको भन्दै स्थानियहरुले गुनासो गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार