शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथ गाउँपालिकामा निशुल्क रेविज खोप शिविर हुने

जगन्नाथ गाउँपालिकामा निशुल्क रेविज खोप शिविर हुने

  • सोमवार, पुस २५, २०७९
जगन्नाथ गाउँपालिकामा निशुल्क रेविज खोप शिविर हुने

टेक बहादुर बुढा, बाजुरा – जगन्नाथ गाउँपालिकामा निशुल्क रेविज खोप शिविर सञ्चालन हुने भएको छ ।

गाउँपालिकाको पशु सेवा शाखाद्धारा पुष २६ गते देखि २९ गतेसम्म शिविर सञ्चालन हुने भएको हो । गाउँपालिकामा रहेका घरपालुवा जनावरका लागि पशु सेवा शाखाको आयोजनामा शिबिरको आयोजना गरिने पशु सेवा शाखाका प्रमुख नर बहादुर बुढाले बताए ।

गाउँपालिका भित्र रहेका सम्पूणर् घरपालुवा तथा कुकुरहरुलाई रेविज रोग विरुद्ध निशुल्क खोप लगाइने शाखा प्रमुख बुढाले बताए । रेविज खोप शिविरमा पहिलो चरणमा गाउँपालिकाको वडा नंः ५ को वडा कार्यालय खोर्दामाडूमा पुष २६ गते, वडा नंः६ को वडा कार्यालय डाडाखर्कमा २७ गते सञ्चालन हुने भएको छ ।

त्यस्तै वडा नंः४को वडा कार्यालयमा २८ गते र वडा नंः ३ को डाडाबाडामा २९ गते शिविर सञ्चालन हुने शाखा प्रमुख बुढाले बताए ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार