शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा प्रहरीले भाडा बढी लिने सवारी साधनलाई फिर्ता गर्न लगाए

बाजुरा प्रहरीले भाडा बढी लिने सवारी साधनलाई फिर्ता गर्न लगाए

कानुन विपरित सञ्चालन गरिएका सवारि साधनलाई कार्यवाही

  • शनिबार, पुस २३, २०७९
बाजुरा प्रहरीले भाडा बढी लिने सवारी साधनलाई फिर्ता गर्न लगाए

बाजुरा–जिल्ला प्रहरी कार्यलय बाजुराले यात्रु बाट बढी भाडालिने सवारी साधनलाई फिर्ता गर्न लगाएको छ । प्रहरीले भाडादर चेकजाँचका क्रममा यात्रु बाट बढी लिएको पाइएकाले मार्तडी बाट कोल्टि र कोल्टि बाट मार्तडी आउदैै गरेको तिनवटा जिपलाई फिर्ता गर्न लगाएको प्रहरी प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् ।
प्रहरीले चेकजचाँका क्रममा कोल्टी देखि मार्तडी आउदै गरेको सु.प्र.प्र.०१ ज. ११८२ नम्बरको जिपले ११ जना यात्रुबाट प्रति व्यक्तिबाट १२ सयका दरले भाड लिएको पाएको थियो । बढी भाडा लिइएको पाइएकाले प्रतिबयक्ति ४ सय ४४ रुपैयाँ फिर्ता गराईएको प्रहरी जनाएको छ । त्यस्तै मार्तडी देखि कोल्टी जाँदै गरेको म.१.ज. ३२७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट एक हजारका दरले भाड लिएको चेकजाँचका क्रममा पाएको थियो । बढी भाडा लिएकोले प्रति व्यक्तिलाइ २ सय ४४ फिर्ता गराईएको छ ।
मार्तडी देखि कोल्टी जाँदै गरेको सु.प्र.प्र.००१ ज. १२१७ नं.को जिपले ५ जना यात्रुबाट प्रति व्यक्तिबाट एक हजार का दरले भाड लिएको थियो । २ सय ४४ फिर्ता गराएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यलय बाजुराले पौष २० गते सार्वजनिक गरिएको भाडादर पुर्णरुपमा कार्यान्वयनको लागि यातायात व्यबसायिलाई निर्देशन गरेको थियो । जिल्ला प्रहरी कार्यलय बाजुरालाई भाडादर पुर्णरुपमा कार्यान्वयनको लागि अनुगमन तथा निर्देशन तथा कार्यवाही गर्न पत्रचार गरेको थियो ।
बाजुरा जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनको भाडादर पुर्णरुपमा कार्यान्वयनको लागि यस जिल्ला प्रहरी कार्यलय बाजुराले मातहत प्रहरी ईकाईहरुलाइ आस्कमिक चेकजाँच गर्ने निर्देशन सँगै चेकजाँच शुरु गरेको छ । पहिलो पटक सवारी साधनहरुले बढी भाडा लिईएको पाईएकोले तोकिएको भाडादर भन्दा बढी लिएको रकम यात्रुहरुलाई फिर्ता गर्न लगाएको छ । दोस्रो पटक बढी भाडा लिएको पाइएमा कानुनी कार्यवाही गर्ने प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले कानुन विपरित सञ्चालन गरिएका सवारि साधनलाई कार्यवाही समेत कार्यवाही शुरु गरेको छ । व्यक्तिगत प्रयोजनका लागि दर्ता गरी (रातो नं.प्लेट) सार्वजनिक सवारी साधनको रुपमा यात्रुहरु बोकीरहेका जिपहरुलाइ कार्यवाही गरेको छ ।
हुम्ला–बाजुरा चलेका सवारी साधनहरुलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा बा २१ च ४३२,.लु.अ.अ.म.६७२६, भे १ च ३८२०, से १ च १५१०, भे १ च २७९८ र बा १८ च ३९५९ नम्बरको जिपलाइ लिएको थियो । नियन्त्रणमा लिएका जिपलाइ सार्वजनिक सवारी साधनको रुपमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी सञ्चालन गर्ने गरी कागज गराई ट्राफिक जरिवाना समेत गरी छोडिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार