शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा-पैसा नहुँदा आमाले हात भाँच्चिएको छोरा अस्पताल बाट घर ल्याइन् (भिडियाे सहित)

बाजुरा-पैसा नहुँदा आमाले हात भाँच्चिएको छोरा अस्पताल बाट घर ल्याइन् (भिडियाे सहित)

  • शनिबार, पुस २३, २०७९
बाजुरा-पैसा नहुँदा आमाले हात भाँच्चिएको छोरा अस्पताल बाट घर ल्याइन् (भिडियाे सहित)

बाजुरा–बडीमालिका नगरपालिका ८ बस्ने हिरा थापाले पैसा नहुदा हात भाँच्चिएको छोरा अस्पताल बाट घर ल्याएकि छन् । १४ बर्षको छोरा भिम थापालाइ उपचारका लागि अछामको बयलपाटा अस्पताल लगेकि थिइन् । अस्पतालले धनगढी रिफर गरेको थियो । धनगढी जाने पैसा नहुदा अस्पताल बाट घर फिर्ता ल्याएको हिरा थापाले वताईन् ।
बिहिबार बारिमा काम गरिरहेका बेला भिम लडेर बाँया हात भाँच्चिएको थियो । उनको हात त्यहि ठाउँमा पहिला पनि भाँच्चिएको थियो । भिमलाइ आमाले बोकेर जिल्ला अस्पताल बाजुरामा पुयाइन् । अस्पताल बाजुराले सामान्य उपचार पछि अस्पतालमा उपचार नहुने भन्दै अछामको बयलपाटा रिफर गरेको थियो ।
शुक्रवार हिराले छोरालाइ अछामको बयलपाटा अस्पतालमा उपचारका लागि पुयाइन् । त्यहाँ हड्डिरोग बिशेषज्ञ नभएको भन्दै सेति प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो । बयलपाटा अस्पताल सम्म रिन काढेर छोरालाइ पुयाए, त्यहाँ बाट पनि धनगढी रिफर गरेपछि पैसा नहुदा घर ल्याएको हिराले रुदै वताईन् । बयलपाटा अस्पतालमा कार्यरत हड्डिरोग बिशेषज्ञ तथा अस्पताल प्रमुख डा. मन्दिप पाठक अफिसको कामको शिलशिलामा काठमाडौ रहेका छन् । उनि नभएपछि अस्पतालले धनगढी रिफर गरेको थियो ।
हिराका श्रीमान नरेश थापाले १८ बर्ष पहिला अर्को बिहे गरेर अलगै धनगढी बस्दै आएका छन् । हिराका तिन छोरा रहेका छन् । जेठो छोरा रमेश थापा अपांग छन् । माइलो छोरा बिक्रम थापा कक्षा ११ मा अध्यनरत रहेका छन् । भिम कान्छो छोरा हुन्, उनि मालिका उच्च माबिमा कक्षा ९ मा अध्यनरत छन् । लडेर घाइते भएपछि उनि बिद्यालय जान बाट बञ्चित भएका छन् ।
श्रीमानले अर्को बिहे गरेपछि उनलाइ तिन छोरा पाल्न निकै समस्या भइरहेको छ । त्यसैमा छोराको हात भाँच्चिएपछि उपचार गर्ने पैसा नहुदा समस्यामा परेकी छन् । हिराले छोराका उपचारका लागि रिन खोज्दा पनि कतै नपाएको वताईन् । सहयोगका लागि हारगुहार गर्दा पनि कसैले सहयोग नगरेको उनले वताईन् । उपचार गर्नु त धेरै टाढाको बिषय हो, धनगढी जाने गाडीभाडा समेत नभएको हिराले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार