• होमपेज
  • समाचार
  • बल्न छोडे सदरमुकाम चैनपुरका सडक बत्ती, जयपृथ्वी नगरपालिकाको आश्वासन मात्र

बल्न छोडे सदरमुकाम चैनपुरका सडक बत्ती, जयपृथ्वी नगरपालिकाको आश्वासन मात्र

  • शनिबार, पुस २३, २०७९
बल्न छोडे सदरमुकाम चैनपुरका सडक बत्ती, जयपृथ्वी नगरपालिकाको आश्वासन मात्र

अर्थ जङ्ग शाही /बझाङ — बझाङ सदरमुकाम चैनपुर बजारका सडकका दायाबाया राखिएका बत्ती बल्न छोडेको धेरै भयो। सडकलाई सुरक्षित बनाउन रातिको समयमा मुख्य सडकहरूमा सडक बत्ती अनिवार्य आवश्यकता हो। सडक आसपासमा बत्ती नबल्दा दुर्घटना हुने खतरा उत्तिकै हुन्छ। सडक निर्माण गर्ने क्रममा नै सडक बत्तीको परिकल्पना गरिएको हुन्छ। रातको समयमा सडक सुरक्षित होस् भन्ने उद्देश्यले यसको निर्माणकै बेला योजना बनाइएको हुन्छ।

रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि पैदलयात्रुलाई मात्रै सास्ती छैन, वरपरका व्यवसायीलाई पनि निकै समस्या हुने गर्छ। ‘सडक बत्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै भयो’, चैन्पुरका किराना व्यवसायी डम्बर बहादुर सिंहले भने, ‘हाम्रा पसलमा सीसी क्यामेरा त छन्, तर बत्ती नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ।’

चैन्पुरका विभिन्‍न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन समस्या छ। सडक बत्ती नबल्दा सीसी क्यामेराले देखाए पनि अनुहार चिन्‍न गाह्रो हुन्छ। बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल भएको देखिँदैन। यी बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको चैन्पुरबांसीको गुनासो छ ।

चर्चामा

सम्बन्धित समाचार