मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ का बालबालिका र बृद्धबृद्धालाई न्यानो कपडा बितरण

बडिमालिका ७ का बालबालिका र बृद्धबृद्धालाई न्यानो कपडा बितरण

  • शनिबार, पुस २३, २०७९
बडिमालिका ७ का बालबालिका र बृद्धबृद्धालाई न्यानो कपडा बितरण

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ का बिपन्न बिद्यार्थीहरुलाई जकेट र बृद्धबृद्धालाई सिरक बितरण गरिएको छ । बडिमालिका नगरपालिका  ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको पहल र नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष तथा समाजसेवी प्रकाश सिंहको समन्वय तथा शान्ति सेवा गृह र समाजसेवी दयाराम अग्रवालको सहयोगमा बितरण गरिएको हो ।

May be an image of 8 people, child, people sitting and outdoors

हिमाली क्षेत्रमा रहेको सरोस्वती आधारभुत बिद्यालयमा निकै जाडो हुने र हिमपात हुने ठाउँमा बालबालिकाहरुलाई गरेको सहयोग प्रति प्राधानध्यापक हस्तबहादुर धामीले धन्यबाद ज्ञापन गरेका छन । धामीले सहयोगी हातहरुको सहयोगको निरन्तरताका लागि समेत अनुरोध गरेका छन ।

May be an image of 8 people, people sitting and outdoors
जाडो बढेसंगै बृद्धअबश्था विपन्न नागरिक तथा वालबालिको सहयोगार्थ न्यानो कपडा १ सय ८० बालबालिकालाई बितरण गरेको बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । त्यसै गरी जेष्ठ नागरिक ७० जना बृद्धवृद्धालाई सिरक बितरण गरेको वडा अध्यक्ष पाध्यायले बताए । बालबालिकाहरुका लागि जर्सी र जकेट शान्ती शेवा गृह र बृद्धबद्धाका लागि सिरक काठमाण्डौका समाजसेवी दयाराम अग्रवाल तथा वडाकार्यालयबाट सहयोग गरेको वडा अध्यक्ष पाध्यायले बताएका छन ।

May be an image of 1 person, child, standing, sitting and outdoors
वडा कार्यालयको नियमित कार्यक्रम पनि रहेकोले सो कार्य सधैका बर्ष जस्तै यो बर्ष पनि जाडोको समयमा केही राहत होस भन्ने उदेस्यका साथ सो कार्य गरिएको वडा अध्यक्ष पाध्यायले बताए । वडा अध्यक्ष पाध्यायले समन्वयका लागि पत्रकार तथा समाजसेवी प्रकाश सिहं लगायत सहयोगी हातहरु शान्ती सेवा गृह र दयाराम अग्रवाललाई समेत धन्यबाद ज्ञापन गरेका छन ।

सरोस्वती आधारभुत बिध्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले सहयोगी निकाय प्रति सधै रिणी रहेको बताएका छन । हिमाली दुग्रम क्षेत्रमा रहेको बिद्यालयका बिद्याथीहरुका लागि गरेको सहयोगले धेरै राहत मिलेको उनले बताए । बिद्यालयमा सबै हुने खाने मात्र नभई गरिव तथा बिपन्न परिवारका बालबालिका रहेको सो बिद्यालयमा रहेकाले एउटा जर्सीको पनि ठुलो महत्वमा रहेको उनले बताए । यो अभियान निरन्तरताका लागि पनि उनले अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार