शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा राजमार्गको छेउमै माटो थुर्पादै, सम्बन्धित निकाय मौन

बाजुरामा राजमार्गको छेउमै माटो थुर्पादै, सम्बन्धित निकाय मौन

  • बिहिबार, पुस २१, २०७९
बाजुरामा राजमार्गको छेउमै माटो थुर्पादै, सम्बन्धित निकाय मौन

टेक बहादुर बुढा–बाजुराको साँफे– मार्तडी सडक खण्डको छेउमा माटो लगायत फोहोर बस्तु जम्मा गर्ने गरेको पाईएको छ । सदरमुकाम मार्तडी नजिकै पक्की सडकमा माटो लगायत फोहोर बस्तु थुपारिने गरेको स्थानिय प्रकाश खडकाले वताएका छन् ।
सदरमुकाम मार्तडीमा नयाँ पक्की सरकारी भवन तथा घरहरु निर्माण भइरहेका छन । त्यहाँबाट निस्कीएको माटो सडकमा जथाभावी फाल्ने गरेका छन् । जथाभावी सडकमा माटो थुपारिदा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको यातायत व्यवसायी धन बहादुर रोकायाले बताएका छन ।
सडकको ठाउँ ठाउँमा यत्रतत्र माटो फाल्ने गरेकाले सवारी दुर्घटनाको जोखिम बढेको यातायत व्यवसायीहरुले वताएका छन् । सदरमुकाम मार्तडीमा नजिकै सडकमा जथाभाबी माटो फाल्दा पनि प्रशासन, प्रहरी, नगरपालिका मौन अबस्थामा रहेको स्थानियले वताएका छन् । माटो फालिरहेका छन्, तर कसैलाई पनि वास्ता नरहेको स्थानिय प्रेम नेपालीले वताएका छन् ।
राजमार्गको सडक क्षेत्रमा सवारी साधन सञ्चालन हुने गरि कुनै पनि सामाग्रीहरु राख्न पाईदैन । तर मार्तडीमा भने सडकका छेउछाउमा घरटहरा बनाउने, माटो थुपार्ने, बङगुर खोर बनाउने जस्ता कार्यहरु बढिरहेका छन । साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टका अनुसार माटो सडकमा जथाभाबी माटो फालिरहेको गुनासो आएको वताए । ट्राफिक प्रहरीलाइ समेत जानकारी गरिसकेको वताए । राजमार्ग अबरोध हटाउने बैठक बोलाएर समस्या समाधान गर्ने बिष्टले वताए ।

चर्चामा

सम्बन्धित समाचार