शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कबिता हाेस वा गजल भावना सँग जाेड्छ

कबिता हाेस वा गजल भावना सँग जाेड्छ

  • बिहिबार, पुस २१, २०७९
कबिता हाेस वा गजल भावना सँग जाेड्छ

कला छ उत्कृष्ट रचना लेख्दै गर्नुस
सिक्ने र सिकाउने हाे डाह मनमा नराख्नुस ।

कहिले भाव मिल्छ शब्द नमिलेको पनि हुन्छ
कहिले शब्द मिल्छ भाव नमिलेको पनि हुन्छ ।

रचना हाे कहिले अचार जस्तो हुन्छ
कबिता हाेस वा गजल भावना सँग जाेड्छ।

लेख समसामयिक र राजनीतिक हुन्छ
नीति र सिद्धान्त सँग जाेडिएकाे हुन्छ ।

लघुकथा हाेस या नाटक प्रत्येक्ष घटना सँग जाेडिएकाे हुन्छ
ती कथा र नाटक ले मानिसको दिल मस्तिष्क छाेएकाे हुन्छ ।

हाईकु मा पाँच सात पाँच अक्षर काे साईनाे हुन्छ
शब्द मिलाउन सके त्यो उत्कृष्ट रचना बनेको हुन्छ ।

गजल कबिता जस्तो भयाे भने के हुन्छ
मित्रबत व्यवहार हाे भने सुझाव दिए हुन्छ ।

कबिता जगल जस्तो भयाे भने सुझाव दिन सकिन्छ
जान्ने छु भनेर नाक फुलाउनु भन्दा सुझाव दिनु उत्कृष्ट हुन्छ ।

साहित्यका विभिन्न बिधाहरु रहेका हुन्छन
साहित्य प्रेमिहरु लाई राम्रो सँग छाेएका हुन्छन ।

साहित्य मा कबिता गजल हाईकु सबै लेख्दै जानुस
लेखेका सबै रचनाहरु मध्य एउटा उत्कृष्ट रचना छान्नुस ।

चर्चामा

सम्बन्धित समाचार