आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोठामा निसासिएर कैलालीका तीन नेपालीको भारतमा मृत्यु

कोठामा निसासिएर कैलालीका तीन नेपालीको भारतमा मृत्यु

  • सोमवार, पुस १८, २०७९
कोठामा निसासिएर कैलालीका तीन नेपालीको भारतमा मृत्यु

धनगढी – कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ। मजदुरी गर्न भारत गएका ती नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो।

भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका तीन जनाको मृत्यु भएको हो।

कामका लागि भारतको मेरठमा श्रम गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले बताए।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए। मृतकको घरमा दुई छोरी र एक छोरा छन्।

चर्चामा

सम्बन्धित समाचार