सुदूरपश्चिमका ३६ जना शाखा अधिकृतमा सिफारिस, कञ्चनपुरका भण्डारी पहिलो नम्बरमा
धनगढी — निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा सुदूरपश्चिमका ३६ जनाको नाम सिफारिस भएको छ। लोक सेवा आयोगले प्रकाशित गरेको पदपूर्तिसम्बन्धी नतिजाअनुसार प्रशासन, लेखा, लेखापरीक्षण, राजस्व र संसद् सेवा समूहका चार सय ८५ जना अधिकृत उत्तीर्ण भएकामध्ये सुदूरपश्चिमका ३६ जना उत्तीर्ण भएका हुन्। प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरका […]